काठमाडौं। नेपाली चलचित्रका स्टार कलाकारमा गनिने सौगात मल्ल र निखिल उप्रेतीले अभिनय गरेको चलचित्र ‘संरक्षण’ को ट्रेलर सार्वजनिक भएको छ ।

प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेको ‘संरक्षण’ आगामी साउन २७ गतेबाट प्रदर्शनमा आउनेछ । पुर्णेन्दु झाले निर्देशन गरेको चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको द्वन्द रहेको छ। चलचित्र द्वन्द,अपराध र राजनीतिक बिषयवस्तुमा बनेको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments