काठमाडौँ । नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुदूरपश्चिमी क्षेत्रमा भइरहहेको लोडसेडिङ हटाउन यथाशक्य चाँडो काम थाल्ने बताउनुभएको छ ।

सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने बारे पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान भएको छलफलपछि कुलमानले यस्तो भन्नु भएको हो ।

‘सुदूरपश्चिममा ट्रान्समिसन र ट्रान्सफर्मरको समस्या रहेको छ’, उहाँले भन्नुभयो, ‘तीन–चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने काममा जुट्ने छु ।’

चुनावी अभियानका क्रममा तीन दिनअघि सुदुरपश्चिम पुगेग्नुभएका अध्यक्ष दाहाललाई कञ्चनपुरबासीले सुदूरपश्चिममा अझै लोडसेडिङ अन्त्य नभएको गुनासो गरेका थिए ।

स्थानीयको गुनासो सुनेपछि दाहालले काठमाडौं फर्केलगत्तै सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष पहल गर्ने घोषणा सार्वजनिक मञ्चबाटै गर्नुभएको थियो ।

शनिबार बिहान धनगढीबाट काठमाडौं आउनुभएका दाहालले घिसिङलाई आफ्नो निवास लाजिम्पाटमा बोलाउनुभएको थियो । काठमाडौं आएलगत्तै अध्यक्षले कार्यकारी निर्देशक घिसिङसँग सुदुरपश्चिममा लोडसेडिङको समस्या कम नभएको जानकारी गराउँदै लोडसेडिङ अन्त्य गर्न आग्रह गर्नुभएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Please follow and like us:

Comments