काठमाडौँ । गीतकार नृप्रेस उप्रेतीको शब्दमा रहेको ‘यस्तो माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि बेलायतमा बस्दै आएका गीतकार उप्रेतीको शब्दमा अर्जुन पोखरेलले सहकार्य गरेका छन् ।

बेलायतवासी नेपाली पवन शर्मा र नम्रता श्रेष्ठलाई म्युजिक भिडियोमा देख्न सकिन्छ । दुर्गा खरेल र  फिरोज बस्नेतको स्वर रहेको रोमान्टिक गीतको निर्देशक सुब्रत आचार्यले गरेका हुन् ।

अर्जुन पोखरेलको संगीत रहेको गीतको म्युजिक भिडियोको छायांकन भने अर्जुन तिवारीले गरेका हुन् । संगीतकार पोखरेलले आफु यस गीतबाट निकै आशावादी भएको बताएका छन् ।

‘चलचित्र ‘म यस्तो गीत गाउँछु’का गीतहरु दर्शकहरुले मन पराइदिनुभएको छ । यस चलचित्रका गीतहरुले मलाई धेरै दर्शकको माया र हौसला दिएको छ,’ संगीतकार पोखरेलले भने, ‘यस गीतबाट दर्शकको माया थप हुनेमा आशावादी छु ।’ म्युजिक भिडियोलाई द डिभाइन युवटुब च्यानलबाट सार्वजनिक गरीएको छ ।

Comments

comments