चितवन । त्रिशूली नदीमा एक वर्षमा १९ जनालाई बेपत्ता भएका छन् । त्रिशूली नदिको किनारमा पर्ने नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवा खोलासम्मको सडक खण्डमा सवारी दुर्घटना हुँदा अधिकांश सवारी त्रिशूली नदीमा खस्ने र चालक तथा यात्रुको मृत्यु र बेपत्ता हुने गरेका छन् ।

त्रिशूली नारायणगढ–मुग्लिन सडक खण्डको ३६ किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवा खोलासम्म २० किलोमिटर गरी ५६ किलो मिटरको सडक त्रिशूली नदीको किनारैकिनार पर्दछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ अनुसार चालु आर्थिक वर्षमा यी सडक खण्डमा २७ वटा ठूला दुर्घटना भएका छन् । जसमा ४४ जनाले ज्यान गुमाएका छन् भने १९ जना बेपत्ता भएका छन् । ९१ जना घाइते भएका छन् ।

कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७१÷७२ मा सात वटा सावरी दुर्घटना भएको थियो भने सात जनाको मृत्यु, ९ जना घाइते र तीनजना बेपत्ता भएका थिए । चालु आर्थिक वर्षको साउन ४ गतेबाट त्रिशूली नदीमा गाडी खसेर सुरु भएको दुर्घटना शुक्रबार सोही सडक क्षेत्रमा पहिरो खसेर नेपाल प्रहरीको भ्यानसहित दुई बेपत्ता र दुई जनाको मृत्यु भएको छ ।

चालु आर्थिक वर्षकै भदौ १० गते रौतहटको गौरबाट पोखरा तर्फ जाँदै गरेको रात्री बस कालिखोला नजिकै त्रिशूलीमा खस्दा २५ जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता र १६ जना घाइते भएका थिए । यस्तै असोज ९ गते पूर्व गृहमन्त्री माधव घिमिरेसमेत सवार जिप त्रिशूलीमा खस्दा घिमिरेसहित दुई जना अझै बेपत्ता हुनुहुन्छ भने चारजनाको मृत्यु र एकजना घाइते भएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले बाटो फराकिलो बनाउने क्रममा पहाड थर्किएको र गत वर्षको भूकम्पले हल्लाएकाले समग्र सडक क्षेत्रको भूर्गव नै हल्लिएका कारण पहिरो खस्दा दुर्घटना बढेको बताउनुभयो ।
सडकको इन्जिनियरिङ अवस्था कमजोर, चालकलाई सचेतना दिन नसकिएको, चालकको लापरर्बाही बढेकोलगायतका कारण दुर्घटना बढेको उहाँको भनाई छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments