मेलबर्न । अष्ट्रेलियामा हाल ६४ हजार विदेशीहरु गैरकानूनी रुपमा बसोवास गरिरहेका छन् । हालैमात्र अष्ट्रेलियन अध्यागमन विभागले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

यो तथ्याङ्क बाहिरीए संगै अंग्रेजी न्यूज पोर्टल southasia.com.au ले विभागका प्रवक्तालाई राखेको जिज्ञासामा ८ सय २० नेपाली गैरकानूनी रुपमा अष्ट्रेलिया बस्दै आएको खुल्न आएको छ । ती प्रवक्ताका अनुसार यसरि भिसा नवीकरण नगरी बसेका नेपालीहरु मध्ये अधिकांश भिसा सकिएका विद्यार्थीहरु छन् । यही प्रसंगमा उनले भनेका छन् , “नेपाली सामूदायिक संघसंस्थाहरुले यसरी गैरकानूनी रुपमा बसोबास गर्दा आइपर्ने समस्याहरुको बारेमा अवगत गराउन सक्दछन् ।”

केही दिनअघि सार्वजनिक भएको तथ्याङ्क अनुसार अष्ट्रेलियामा गैरकानूनी रुपमा बस्नेहरुमा सबैभन्दा बढी मलेसियाका नागरिक रहेका छन् । मलेसियनपछि दोस्रोमा चाइनिज रहेका छन् । त्यस्तै तथ्याङ्क अनुसार अमेरिका, बेलायत, इन्डोनेसिया, भारत, दक्षिण कोरिया, फिलिपिन्स, भियतनाम, थाईल्याण्ड, जर्मनी, जापान, फ्रान्स र फिजी देशका नागरिकहरु बढी पाईएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments