काठमाडौं । समान्य मानिसलाई एक/दुई दिन अगाडी प्रत्येक कुरा सम्झिन मुस्किल पर्छ । तर एउटा यस्तो व्यक्ति छिन् , जसले आफू जन्मेको १२ दिनपछिका प्रत्येक घटना सम्झिन्छिन् ।

अष्ट्रेलियाकी २७ वर्षीय रेबेका श्यारोकले आफू जन्मेको १२ दिनपछि हालसम्मका आफ्नो जीवनका प्रत्येक पल, आफूले देखेका, सुनेका र पढेका प्रत्येक कुरा सम्झिन सक्छिन् । आफू जन्मेपछि १२ दिनपछिको घटना सम्झिँदै उनि बताउँछिन् , “बुवाले मलाई कारको ड्राइभर सिटमा राख्नु भयो र फोटो खिच्न थाल्नुभयो । म भने स्ट्यरिङ्गलाई अचम्म मानेर हेर्दै थिएँ ।”

यसका साथै उनले ह्यारी पोटरको प्रत्येक भागको प्रत्येक शब्द भन्न सक्छिन् । रेबेका लेखिका हुन् । उनले आफ्नो जीवनमा आधारित पुस्तक ल्याउने तयारि गरिरहेकी छिन् ।

डाक्टरहरुका अनुसार रेबेकामा भएको यो अवस्थालाई हाइलि सुपरियर अटोबायोग्राफिकल मेमोरी भनिन्छ । यो संसारभरका व्यक्तिहरु मध्ये ६० देखि ८० जनामा मात्र हुन्छ । स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments