मेलबर्न । अभिनेत्री ऋचा शर्मा अभिनेता तथा निर्देशक अर्पण थापाका साथ अष्ट्रेलिया आइपुगेका छन् ।

आफ्नो चलचित्र आधा लभको अष्ट्रेलिया प्रिमियरमा सहभागी हुन ऋचा र अर्पण सिड्नी आइपुगेका हुन् । ऋचाले निर्माण गरेको आधा लभलाई निर्देशन अर्पणले गरेका छन् । दुवैजना चलचित्रमा लिड रोलमा समेत छन् ।

आधा लभको अष्ट्रेलिया प्रिमियर सिड्नीबाट शुरु हुनेछ । सिड्नीमा भोलि शनिवार प्रदर्शन हुन लागेको आधा लभ त्यसपछि जुन २८ मा ब्रिसबेन र जुलाइ २ मा एडिलेडमा प्रदर्शन हुने कार्यक्रम छ । अन्तिम शो भने जुलाइ ३ मा मेलबर्नमा हुने निर्मात्री समेत रहेकी अभिनेत्री शर्माले बताएकी छिन् ।

सिड्नीमा आइपुग्नेवित्तिकै ऋचा र अर्पणले फेसबुक पेज मार्फत भिडियो सार्वजनिक गर्दै आधा लभ हेर्न अष्ट्रेलियावासी नेपाली दर्शकहरुलाई निम्तो दिएका छन् ।

Comments

comments