एजेन्सी  । मानव बसोबासका लागि सबैभन्दा उयुक्त मानिने गरेको युरोपमा केही समययता गर्मीले मानिसको बेहाल हुन थालेको छ । जलवायु परिवर्तनले तापक्रममा तीब्र गतिको वृद्धि भइरहेका बेला बेलायतमा एउटा रोचक घटना हुन पुगेको छ । यो समाचारसँग सम्बन्धित भिडियो र तस्बिर झट्ट हेर्दा तपार्इँलार्इ पनि हाँसो उठ्न सक्छ ।

यहाँका एक स्कुलका विद्यार्थीले हाफ पाइन्ट लगाएर स्कुल पस्न पाउनु पर्ने माग पुरा नभएपछि उनीहरू स्कर्ट लगाएर स्कुल पुगेपछि विश्वभर यसको चर्चा सुरू भएको छ ।

बेलायतको इस्का एकेडेमीका छात्रहरुले स्कर्ट लगाएर हिँडेपछि यसले चर्चा पाएको हो । करिब ३० छात्रहरुले स्कर्ट लगाएका छन् । कतिपय अभिभावकहरु विरोधको शैली हेरि गर्व महसुस गरेका छन् ।

स्कुलमा मात्रै होइन बढ्दो गर्मीका कारण कार्यालयमा पनि मानिसहरू गर्मीबाट जोगिन स्कर्ट लगाएर गइरहेका छन् । पाइन्ट लाउँदा शरीरमा हावा नपस्ने भएपछि पुरूषहरूले पनि स्कर्ट लाउन थालेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments