चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको इच्छाकामना–६ तीनकिलोमा पहिरोले प्रहरी भ्यान र एउटा ट्रक बगाउँदा दुई जना प्रहरीको मृत्यु भएको छ भने दुई जना बेपत्ता  भएका छन् ।

बिहीबार राति करिब साँढे ९ बजेतिर खसको पहिरोले प्रहरी भ्यान र ट्रक बगाउँदा असई निश्चल तामाङ र प्रहरी जवान चालक निश्चल कुमार मास्केको मृत्यु भएको र प्रहरी जवान सन्दिप कार्की र लिलबहादुर चेपाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते ट्रक चालक रामकुमार लामा र सहचालक सिजन लामाको उद्धार गरी उपचारका लागि आबुखइरेनी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी दिपक थापाले जानकारी दिनुभयो ।

प्रहरी प्रमुख थापाका अनुसार बिहीबार दिउँसो खसको पहिरो पन्छाउन इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरीको टोली पहिरो पन्छाएर फर्किने क्रममा खसेको पहिरोले ना १ झ १३९० नम्बर को भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक बगाएको हो ।

बेपत्ता प्रहरी जवान र प्रहरी भ्यानको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments