काठमाडौं । केएल मोबाइल हबमा जारी मोबाइल एक्स्पोमा एक हजारको मोबाइल किन्दा पाँच हजार रुपैयाँ बराबरको  गिफ्ट ह्याम्पर पाइने भएको छ ।

५० हजार रुपैयाँ भन्दा बढी मूल्यका स्मार्टफोनको खरिदमा एक लाख रुपैयाँ भन्दा बढी भ्यालु भएको उपहार  पाउने ब्यवस्था गरिएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

चाबहिलको केएल टावरमा रहेको केएल मोबाइल हबमा बिश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका ९ सय ९९ रुपैयाँ देखि १ लाख २९ हजार ९ सय ९९ रुपैयाँ सम्मका मोबाइल पाइने ग्लाइडरले बताए छ ।

एसइइ परीक्षाको प्रबेशपत्र लिएर आउने हरेक बिद्यार्थीहरुलाई सिमित अबधीका लागि एक वटा सेल्फीस्टिक निःशुल्क प्रदान गरिनेछ । हरेक मोबाइलको खरिदमा केएल टावर स्थित एफ क्युव सिनेमा हलको २ वटा टिकट र क्लब डेजाभुको ४ हजार बराबरको २ वटा टिकट उपलब्ध गराइने मोबाइल हबले जनाएको छ ।

५० हजार भन्दा माथिको स्मार्टफोन खरिदमा एफक्युब सिनेमाको २ वटा फ्रि टिकट र क्लब डेजाभुको एक बर्षको लागि लाखौं बराबरको फाइदा लिन सकिने प्रिभिलेज कार्ड उपलब्ध गराइने छ ।

यसैगरि केएल मोबाइल हबको भिजिट गर्दा लक्की ड्र मार्फत सिंगापुर र मेलेसिया भ्रमणको अबसर प्राप्त गर्न सकिने तथा फोटो कन्टेस्टमा भाग लिइ सामसुङ ग्यालेक्सी एस ८ जित्ने अबसर पाइने प्रबन्ध निर्देशक ग्लाइडरले बताए ।

मोबाइल एक्स्पोमा आइफोन, सामसुङ, ब्ल्याकबेरी, वन प्लस, एचटिसी, नोकिया, सोनी, ओप्पो, जियोनी, हुवावे, जोप्पो, एमआइ, ओबिआइ, एलजी, कुलप्याड, लेनेभो, जेटटिइ, युएमआइ, लाभा, कलर्श, पानासोनिक, किन्जीन्दा, डिटिसीका मोबाइल फोनको कारोबार भइरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments