ट्रिपर व्यवसायी तथा ट्रिपरका चालक तथा सहचालकहरुले बिहानदेखि राजधानीको तीनकुनेमा गरेको यातायात बन्द प्रहरीले बल प्रयोग गरेर निश्तेज तुल्याएको छ ।

सडकमै ट्रिपर तेर्स्याएर यातायात अवरुद्ध तुल्याएका उनीहरुलाई प्रहरीले बलपूर्वक हटाएको हो । सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन र ओसारपसारमा रोक लगाएपछि आफूहरुको व्यवसाय नै धरापमा परेको भन्दै उनीहरुले विरोध प्रदर्शन गर्दै आएका हुन् । केही दिनदेखि झन्डै सयको हाराहारीमा ट्रिपरसहित तीनकुनेमा प्रदर्शन गर्दै आएका उनीहरुले बिहीबार विरोध जुलुससमेत निकालेका थिए ।

Please follow and like us:

Comments