काठमाडौं । राजधानीको जोरपाटीमा माइक्रोबसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत शिखापुरका २७ वर्षीय रुपलाल शाह रहेको महानगरीय प्रहरी वृत बौद्वले जनाएको छ । बा १ ज ९८०९ नम्बरको माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक लडेपछि पैदलयात्रीलाई पनि ठक्कर दिएको थियो ।

माइक्रो बसलाई प्रहरीले निणन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments