मेलबर्न । अष्ट्रेलियन सरकारले कामदार भिसामा थप कडाई गरेको छ । कामदार भिसा सम्बन्धि परिवर्तन नीति अनुसार अष्ट्रेलियाले विदेशीहरु कामदारहरुलाई भिसा उपलब्ध गराउदै आएको पेशाहरुमा भारी कटौती गरिएको छ ।

हालै पश्चिम अष्ट्रेलियाले निकालेको विदेशीहरुको लागि पेशा मागमा १७८ बाट घटाएर १८ पेशाहरुको मात्र सूची निकालेको छ । पश्चिम अष्ट्रेलियाका स्थानिय मानिसहरुलाई जागिरमा प्राथमिकता दिनको लागि यसो गरिएको एसबिएस अनलाइनले जनाएको छ ।

अहिले सार्वजनिक गरिएको सूची अनुसार विदेशीहरुले काम गर्दै आएको इञ्जिनियरिङ्ग क्षेत्रको पेशा र प्राविधिक क्षेत्रको पेशालाई हटाइएको छ । यसमा स्वास्थ्य क्षेत्रको पेशालाई भने समेटिएको छ । तर त्यसमा पनि विशेष गरि उच्च स्तरको चिकित्सकहरुलाई विशेष प्राथमिकता दिईएको छ ।

सार्वजनिक गरिएको पेशाको सूची यस्तो छ :

Comments