काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार आफैँ राष्ट्रिय गौरवको आयोजना समाप्त पार्ने षडयन्त्रमा लागि परेको आरोप लगाउनुभएको छ ।

संयोजक भट्टराईले सत्तापक्ष नेपाली कांग्रेस र  माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल एमालेको मिलेमतोमा राष्ट्रिय गौरवको बुढिगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिइएकोमा आपत्ति पनि जनाउनुभयो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय गौरवका आयोजना निर्माणको जिम्मा विदेशीलाई दिएर सरकारले कराेडाैँ कमिशन लिने गरेको आरोप समेत लगाउनुभयो ।

नयाँ शक्ति पार्टी, नेपालले बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न सरकारलाई दबाब दिँदै आएको छ।

बाबुराम नेतृत्को नयाँशक्तिले स्वदेशी स्रोत, साधन र पूँजी परिचालन गरी निर्माण गर्ने योजना बनाइएको राष्ट्रिय गौरवको आयोजना विदेशी कम्पनीलाई दिने सरकारको निर्णय फिर्ता  हुनु पर्ने अडान राख्दै आएको छ ।

बुढिगण्डकी जलविद्युत आयोजना भट्टराई नेतृत्वको सरकारको पालामा सुरु भएको थियो । संयोजक भट्टराईले करोडाैँ आर्थिक चलखेल गरेर सरकारले स्वदेशी लगानीमै निर्माण गर्न लागिएको आयोजनाको निर्माण चिनियाँ कम्पनीलाई दिनु राष्ट्रिय लज्जाको विषय भएको बताउँदै आएका छन् ।

नयाँ शक्तिले पुष्पकमल दाहाल नेतृत्वको सरकारले विधि र प्रक्रिया मिचेर बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएर अर्को राष्ट्रघाती कदम चालेको बताइरहेको छ ।

नयाँ शक्तिले बुढिगण्डकी जलविद्युत आयोजनालाई माथिल्लो तामाकोसी जलविद्युत आयोजनाकै मोडलमा स्वदेशी श्रम, सीप र पूँजीमा बनाउन सकिने सुझाव दिँदै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments