काठमाडौँ  । सुडान घोटाला काण्डमा दोषी ठहर भएका पूर्व प्रहरी प्रमुखद्वय ओमबिक्रम राणा र हेम गुरुङसहित चारजनालार्इ जेल चलान गरिएको छ ।

राणा र गुरूङसहित पूर्व एआइजी दिपकसिंह थांग्देन र डिआइजी दिपक श्रेष्ठले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि बुधबार डिल्लीबजार कारागारमा चलान गरिएको हो ।

शान्ति मिशनका लागि सुडानमा बन्दोबस्तीका सामान पठाउँदा भ्रष्टाचार भएको ठहर गरी गत वैशाख १७ गते सर्वोच्च अदालतले तीनजना पूर्वप्रहरी प्रमुखसहित उच्च प्रहरी अधिकृतहरूलाई कैद र जरिवाना गर्ने फैसला गरेको थियो ।

सोही फैसला अनुसार चारैजनाले बुधबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको हो । तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलाशले पूर्वप्रहरी प्रमुख राणालाई २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो  । त्यसैगरी पूर्वप्रहरी प्रमुखहरू रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही १ वर्ष कैद र ४० हजार रुपैयाँ जरीवाना गर्नुपर्ने ठहर गरेको थियो ।

सर्वोच्चले सुडान घोटाला काण्डमा मतियार बनेको ठहर गर्दै ठेकेदार शम्भु भारतीबाट १४ करोड २० लाख ८ हजार ३ रुपैयाँ ३ पैसा जरिवाना तथा  सोही बराबरको रकम विगो उठाउनु पर्ने तथा कैद पनि गर्नुपर्ने फैसला पनि गरेको थियो ।

सर्वोच्चले पूर्व एआइजीहरू श्यामसिंह थापा र दिपकसिंह थाङ्देनलाई जनही १ वर्ष कैद र ४० हजार जरिवाना गराउने फैसला गरेको थियो । त्यसैगरी डिआइजी दीपककुमार श्रेष्ठ र रविप्रताप राणालाई जनही ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

प्रहरीका उच्च अधिकारी तथा ठेकेदारविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ३० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा हालेको थियो । सर्वोच्च अदालतले त्यही मुद्दाका प्रतिवादी ३१ जनालाई सफाइ दिएको थियो ।

सर्वोच्चले राणाको पालामा कोटेशन माग्ने र ठेक्का दिइएको तथा अर्का पूर्वप्रमुख गुरुङको पालामा सामान ढुवानी र बीमाको रकम निकासा गरेको ठहर गर्दै दोषी ठहर गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments