काठमाडौं । तीन प्रदेशमा हुन गइरहेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि करिब ६१ हजारले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगमा मंगलबारसम्म आइपुगेको प्रारम्भिक संख्याअनुसार ५७ हजार आठ सयले उम्मेदवारी दिएका छन् ।

अझै २८ स्थानीय तहको उम्मेदवारी संख्या नआइसकेको आयोगले जनाएको छ । २८ स्थानीय तहको संख्या आइपुग्दा ६१ हजारको संख्या नाघ्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माको भनाइ छ । उनका अनुसार उच्च पहाडी जिल्लाका २८ स्थानीय तहमा सञ्चार सम्पर्कको अभावमा पूर्ण संख्या आउन नसकेको हो । १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहमा १४ असारमा निर्वाचन हुँदै छ ।

निर्वाचन चिह्न प्रदान 

आयोगले मंगलबार निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । मंगलबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । उम्मेदवार फिर्ता नलिएकाको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरेको आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।

चार गुना बढी उम्मेदवार

निर्वाचन आयोगका अनुसार ३५ जिल्लाका ३३४ स्थानीय तहमा १५ हजार ३८ जनप्रतिनिधि निर्वा्चित हुँदै छन् । १५ हजार ३८ जनप्रतिनिधिका लागि करिब ६१ हजार अर्थात् चार गुना बढीले उम्मेदवारी दर्ता गरेका छन् ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार पहिलो चरणको निर्वाचनभन्दा पनि दोस्रो चरणको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनेको अनुपात बढेको छ । पहिलो चरणमा २८३ स्थानीय तहमा १३ हजार ५५६ जनप्रतिधि निर्वा्चित भए, त्यतिवेला ४९ हजारले उम्मेदवारी दिएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments