मेलबर्न । अष्ट्रेलियामा फेरिएको नागरिकता सम्बन्धि नियम संसदबाट पास हुने क्रममा छ । यो बीचमा विपक्षी दल लेबर पार्टीले भने नागरिकता सम्बन्धि कानूनको विपक्षमा मतदान गर्ने भएको छ ।

दलका नेता बिल शर्टनले नागरिकताको प्रस्तावित नियम त्रुटिपूर्ण रहेको बताएका छन् । विपक्षी पार्टीले राष्ट्रियतालाई जोडेर नागरिकता सम्बन्धि हाल फेरिने भनिएको नीतिले आधुनिक अष्ट्रेलिया प्रतिको मानिसहरुको धारणामा नकारात्मक असर पर्न सक्ने बताएको छ । साथै नेताहरुले अंग्रेजी भाषाको मापदण्डमा स्वयम् अष्ट्रेलियन नै पछि रहन सक्ने समेत उल्लेख गरेका छन् ।
तर अद्यगमन मन्त्रि पिटर डटनले यस सम्बन्धि छलफलको लागि लेबर पार्टीका नेता शर्टनलाई वार्तामा आउन आग्रह गरेका छन् । स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments