काठमाडौं । भुवन केसीको चलचित्र ड्रिम्समा डेबयू गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाह युवापुस्तामाझ निकै लोकप्रिय छिन् । पहिलो चलचित्रले नै नसोचेको सफलता दिलाएपछि फुरुङ्ग परेकी साम्राज्ञीले यस वर्ष लहरै ’तिमीसँग’, ’ए मेरो हजुर २’ र ’मंगलम’ गरि तीनवटा चलचित्रमा अभिनय गरेकी छिन् । अहिले उनलाई आफ्नो फिल्ममा लिन चाहने निर्माताको भिड समेत बढीरहेको छ । तर आजभोलि भने साम्राज्ञीको भोक निन्द्रा हराएको छ । आफूले अभिनय गरेका सबै चलचित्र लहरै रिलिज हुने भएपछि साम्राज्ञीलाई तनाव बढेको हो ।

’मंगलम’मा दशैंको फुलपातीमा रिलिज हुँदैछ । तर, त्यसअघि ’तिमीसँग’ र ’ए मेरो हजुर २’ भने भदौमा रिलिज हुँदैछन् । भदौ ८ गते ’तिमीसँग’ रिलिज हुँदैछ भने त्यसको एक हप्तापछि नै भदौ १६ गते ’ए मेरो हजुर २’ रिलिज हुने पक्का भएको छ । ’ए मेरो हजुर २’ ले रिलिज मिति घोषणासँगै दुई गीत समेत सार्वजनिक गरिसकेको छ । यसैबीच साम्राज्ञी अभिनित अर्को फिल्म ’तिमीसँग’ले पनि शुक्रवार टीजर सार्वजनिक गर्दै भदौ ८ गतेलाई रिलिज मिति घोषणा गरेको हो ।

एक हप्ताको अन्तरमा ’तिमीसँग’ र ’ए मेरो हजुर २’ रिलिज हुने भएपछि साम्राज्ञीको अहिले होस हवास उडेको छ । ’तिमीसँग’ सफल नभए त्यसको असर ’ए मेरो हजुर २’ लाई पर्नेछ । यी चलचित्रहरुको सफलता र असफलताले साम्राज्ञीको आगामी फिल्मी करियरको ग्राफ समेत तय हुने भएकोले निर्माता निर्माताबीचको लडाईमा विचरी साम्राज्ञीले पनि चुनौतीको ठूलो पहाड चढ्नु पर्ने भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Please follow and like us:

Comments