एजेन्सी। रुसमा भइरहेको कनफेडेरेशन कप फुटबलमा अष्ट्रेलिया विश्व विजेता जर्मनीद्वारा पराजित भएको छ । जर्मनीले सोमबार राति अष्ट्रेलियालाई ३–२ ले हराएको हो ।

जर्मनीको लागि लार्स स्टिन्ड्ल, जुलियन ड्रयाक्सलर र गोरेट्जकाले गोल गरे भने अष्ट्रेलियाका लागि टम रोगिच र टोमी जुरिकले गोल गरे । सुरुवाति खेल जितेका चिली र जर्मनीको समान तीन अंक भएको छ । चिली समूह ‘बी’ को पहिलो तथा जर्मनी दोस्रो स्थानमा छ ।

विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि सुरु भएको कनफेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबिचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments