डिआइडी लिटिल मास्टर तीनकी बिजेता टेरिया फौजा मगरको उपस्थितिमा दुबइमा हुने भनिएको “नेपाली कल्चर शो” स्थगित भएको छ ।टेरियाले लण्डनमा हुने अर्को कार्यक्रममा जानका लागि भिसा आवेदन दिएको र उनको पासपोर्ट भारतको मुम्बईस्थित नियोगमा रहेकोले टेरिया युएई आउन नसक्ने भएपछि कार्यक्रम नै स्थगित भएको हो । नेपाल आदिवासी जनजाति महासंघ युएईले टेरियाको उपस्थितीमा शुक्रबार बरदुबईको शेख राशिद अडिटोरियममा कार्यक्रम गर्ने भन्दै प्रचार प्रसार गरेको थियो । युएईमा कार्यरत टेरियाका बुवा बिजय फौजा मगरले आफू कार्यरत मुलुकमा छोरीको उपस्थितीमा नेपाली सास्कृतिक कार्यक्रम हुने भएकोले आफूलाई गर्व लागेको तर अन्तिममा टेरिया उपस्थित हुन नसक्दा कार्यक्रम स्थगित गर्नु परेकोमा दुस्ख लागेको बताउनुभयो ।

टेरिया बिहीवार दुबइ आउने र उनी आए लगत्तै पत्रकार सम्मेलन गर्ने मिती र स्थानसमेत निश्चित भएको भन्दै पत्रकार महासंघ युएईले दुबईमा कार्यरत  पत्रकारलाई उपस्थितीको लागि निमन्त्रणा समेत गरेको थियो । तर टेरिया नआउने भएपछि कार्यक्रम गर्दा दर्शकहरुबाट त्यसको बिरोध हुने र त्यसबाट आयोजकलाई पर्ने नकरात्मक प्रभावलाईसमेत ध्यान कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ |

टेरिया आउन नसक्ने भएपछि प्राबिधिक कारण जनाउदै आयोजकले कार्यक्रम हुने २० घन्टा अघि मात्र कार्यक्रम स्थगित भएको जानकारी गराएपछि  यहाँ कार्यरत नेपालीहरु भने निराश भएका छन् |आयोजकले भने तोकिएको समयमा कार्यक्रम गर्न नसकिएको भन्दै माफि समेत मागेको छ ।

Comments

comments