काठमाडौं । चलचित्र प्रेमगीत को सफलता पछि बनेको सिक्वेल प्रेम गीत २ प्रदर्शनको तयारीमा रहेको छ। उक्त बहुप्रतिक्षित चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।

प्रेमकथामा आधारित चलचित्र प्रेमगीत २ को निर्माण सन्तोष सेनले गरेका हुन् भने निर्देशन राम शरण पाठकले गरेका हुन्। आगामी साउन १३ बाट सार्वजनिक हुने चलचित्रमा नेपालको पर्यटकीय स्थलहरु साथै म्यानमार र थाइल्याण्डका दृश्यहरु समेटिएका छन् ।

चलचित्रमा प्रदिप खड्का र अस्लेशा ठकुरीको मूख्य भूमिका साथै श्रद्दा प्रसाई,कैलाश कटुवाल,कविता रेग्मी,शिशिर भण्डारी,कुमार कार्की,राजाराम पौडेलको पनि अभिनय रहेको छ ।

Comments

comments