काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता मनिष सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता सुमनले उपेन्द्र यादवले सरकारसँग मोटो रकम लिएर चुनावमा भाग लिएको आरोप लगाउनु भएको हो ।

उनले भने,‘उपेन्द्र यादव गद्दार हुन्, उनले मधेसी जनतालाई धोका दिएका छन्, सरकारसँग मोटो रकम बुझेका छन्, त्यो प्रमाण म सँग छ, पर्यो भने देखाउन सक्छु ।’ नेता सुमनले निर्वाचनलाई आफूहरुले सशक्त बहिष्कार गर्ने रणनीति लिएको बताए ।

नेता सुमनले शान्तिपूर्ण रुपमा निर्वाचन बहिष्कार गर्दा सरकारले आफ्ना कार्यकर्ताहरुमाथि ज्यादती, दुव्र्यवहार गरेको आरोप लगाए । उनले भने, ‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्न पाउने हाम्रो अधिकार हो, तर यहाँ राज्यले दमन गरेको छ, यसरी गरेको चुनावले के निकास दिन्छ, जबरजस्ती जारी गरेको संविधानलाई कार्यान्वयन गर्न जबरजस्ती ढप्पा लगाउने काम मात्रै हो ।’

उनले अहिले भइरहेको निर्वाचनलाई निर्वाचनको संज्ञा दिन नमिल्ने समेत जिकिर गरे । उनले उम्मेद्धवारी दर्ताको दिन आफूहरुले टोल–टोलमा विरोध प्रर्दशन गरेको र कालो झण्डा देखाएको तर राज्यले बन्दुकको भरमा आतंक मच्याएको आरोप लगाए ।

उनले संविधान बलजफ्ती जारी गरेको र जारी गरेकै दिनदेखि आफूहरुले त्यसको विरोध गरेको जनाउँदै आफ्ना माँगहरु संविधानमा लिखत रुपमा स्थापित गर्न अहिले माँग्नेहरुको नाम महन्थ ठाकुर र राजेन्द्र महतो रहेको बताए ।

उनले आफूहरुले स्थानीयतहको संख्या जनसंख्याको आधारमा बढाउनुपर्ने, आन्दोलनकारीलाई क्षतिपूर्ति दिनुपर्ने, निर्वाचनको माहोल बनाउनुपर्ने कुरा राख्दै आएको तर सरकारले अहिलेसम्म यसबारे कुनै सुनुवाई नगरेको गुनासो पोखे ।

उम्मेद्ववारी मनोनयनमा राजपा नेपालका नेता तथा कार्यकर्ताहरुले स्वतन्त्र रुपमा मनोनयनदर्ता गराएको भन्ने कुरा बाहिर आएको बारे प्रतिक्रिया दिँदै भने,‘तीनीहरुलाई कारवाही हुन्छ, पार्टीको नीति विपरित उभिनेहरुलाई हामी कारवाही गर्छौं ।’
राजपा छोडेर अन्य पार्टीमा प्रवेश गरेको विषयमा टिप्प्णी गर्र्दै सुमनले भने,‘यसले केही असर पार्दैन्, राजपा छोड्नेहरुलाई के भन्ने ? छोडेर जाने गैसक्ये ।’ उनले केहीले पार्टी छोड्दैमा केही फरक नपर्ने बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments