काठमाडौँः । एसियाली पूर्वाधार लगानी बैंकले नेपालको पूर्वाधार विकासमा करिब १ खर्ब १४ अर्ब लगानी गर्ने भएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको पूर्वाधार विकासका लागि एसियाली पूर्वाधार लगानी बैंकले खर्ब भन्दा बढी लगानी गर्ने सहमति गरेको जानकारी दिनुभएको हो ।

दक्षिण कोरियाको राजधानी सियोलमा भएको बैंकको बैठकमा भाग लिई स्वदेश फर्कनुभएका मन्त्री कार्कीले सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यो वर्षभित्रै तराईका ७ जिल्लाको पूर्वाधार विकासका लागि २८ अर्ब र काठमाडौँ उपत्यकाको विद्युत सुधारका लागि १० अर्ब उपलब्ध गराउने सहमति गरेको बताउनुभयो ।

बैंकले काठमाडौंको सामाखुशी–टोखा सडक स्तरोन्नतिका लागि २२ अर्ब, पोखरा–बेनी–जोमसोम सडक विस्तारका लागि १६ अर्ब र तामाकोसी तेस्रो विद्युत आयोजना निर्माणका लागि १८ अर्ब रुपैयाँ रकम उपलब्ध गराउँदै जाने समझदारी पनि गरेको छ ।

अर्थमन्त्री कार्कीले नेपालको पूर्वाधार विकासमा लगानी गर्न एसियाली पूर्वाधार लगानी बैंक इच्छुक  र तत्पर देखिएको पनि बताउनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments