नयाँदिल्ली  । च्याम्पियन्स ट्रफीको फाइनल भिडन्तमा पाकिस्तानसँग १८० रनको लज्जास्पद हार बेहोर्दै उपाधि गुमाएपछि अहिले भारतीय सञ्चारमाध्यममा एकजना युवती छाएकी छन् ।

पाकिस्तानकी टिभी प्रस्तोता समेत रहेकी ती २९ वर्षीया सुन्दरीसँग क्रिकेटर युवराज सिंहले खेलअघि लिएको एक सेल्फीले भारत पराजित हुन पुगेको चर्चा भारतीय सञ्चारमाध्यमले गरिरहेका छन् ।

च्याम्पियन्स ट्रफीमा भारत र श्रीलंकाबी बीच खेलिएको भिडन्तमा भारतीय टिम ठुलो स्कोर बनाएर पनि पराजित भएको थियो । त्यसपछि पाकिस्तानी टीम र श्रीलंकाको टीमबीच भएको थियो । जसमा श्रीलंकन टीम पनि पराजित भयो । यी दुवै हारका लागि सामाजिक सञ्जालमा एक पाकिस्तानी युवतीलार्इ जिम्मेवारी ठहराइँदैछ ।

यी युवती पाकिस्तान पत्रकार जैनब अब्बास हुन् । आइतबार भएको भारत-पाकिस्तानबीचको भिडन्तअघि पनि उनले युवराज सिंहसँग सेल्फी लिएकी थिइन् । र, अहिले सामाजिक सञ्जालमा भारतको हारको प्रमुख कारण यिनै युवतीलार्इ ठानिँदैछ ।

भारत र श्रीलंकाबीच भएको खेलमा टीम इन्डियाले ठुलो स्कोर गरेर पनि हार्न बाध्य भएको थियो । भारतको तर्फबाट शिखर धवनले शतक हानेका थिए । अर्कातिर रोहित शर्मा र महेन्द्र सिंह धोनीले पनि शानदार पारी खेलेका थिए । जबकि भारतीय कप्तान विराट कोहली भने शून्यमा आउट हुन पुगेका थिए ।

पाकिस्तानी पत्रकार जैनब अब्बासले पाकिस्तान र श्रीलंकाको खेलअघ पनि श्रीलंकन कप्तान एन्जेलो मैथ्युजसँग सेल्फी लिएकी थिइन्, त्यसबेला पनि पाकिस्तानले खेल जितेको थियो । अर्थात, उनको सेल्फीबाट एक टिम फेरि एक पटक पराजित भयो ।

दुवै खेलाडीको वानडे मा शानदार रेकर्ड रहेको छ । सामाजिक सञ्जालमा दुबै खेलाडी शून्यमा आउट हुनुको एक कारण पत्ता लागेको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

श्रीलंका र भारत दुवै टिम हार्नुको प्रमुख कारण पाकिस्तानको दुनियाँ समाचार च्यानलको स्पोर्ट्स जर्नालिस्ट जैनब अब्बास रहेको दाबी सामाजिक सञ्जालमा गरिएपछि बहस तातेको छ ।

अर्कातिर भारतको श्रीलंकाविरूद्धको खेल भन्दा अघि पनि उनले विराट कोहलीसँग सेल्फी लिएकी थिइन् । सेल्फी लिएको केही घन्टापछि मैदानमा उत्रेका विराट शून्यमै आउट भए ।

समाचार अनुसार जैनब पाकिस्तानी समाचार च्यानल दुनियाँकी खेल पत्रकार तथा विश्लेषक हुन् । जैनब पाकिस्तान सुपर लीगकी प्रस्तोता पनि हुन् । जैनब सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । ट्विटरमा उनका १ लाख ५ हजार भन्दा धेरै फलोअर रहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments