नयाँ दिल्ली । भारतीय केन्द्र सरकारका गृहमन्त्री राजनाथ सिंहले दार्जिलिङमा छुट्टै राज्यको माग गरी प्रदर्शनमा रहेका गोर्खा जनमुक्ति मोर्चा (जीजेएम)का कार्यकर्तालाई वार्तामा आउन आग्रह गरेका छन् ।

मन्त्री सिंहले जीजेएमका कार्यकर्ता तथा दार्जिलिङबासीलाई आफ्नो माग सम्वोधन गराउन हिंसाको बाटो नअपनाई वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेका हुन् ।

गृहमन्त्री सिंहले हिंसाको बाटोबाट कहिल्लै समस्याको समाधान खोज्न नसकिने भएकाले समग्र दार्जिलिङबासीलाई शान्त एवम् धैर्य रहन आग्रह गरेका छन् ।

‘सम्वद्ध पक्षले आफ्ना मतभिन्नता र गलत बुझाईलाई जिम्मेवार बनी वार्ताका माध्यमबाट सौहाद्र वातावरणमा समाधान गर्न सकिन्छ’, सिंहले भने ।

‘म दार्जिलिङ र वरपरका क्षेत्रमा बसोबास गर्ने जनतालाई शान्त र जिम्मेवार बन्न अपिल गर्छु’ उनले भनेका छन् । सिंहले पश्चिम बङ्गालका मुख्यमन्त्री ममता वनर्जीसँग पनि आइतबार नै कुराकानी गरी दार्जलिङमा देखिएको अवस्थाका बारेमा थप जानकारी लिए । ‘उहाँ (बनर्जी)ले दार्जिलिङमा रहेको अवस्थाबारे मलाई जानकारी गराउनुभयो’ गृहमन्त्री सिंहले जनाए ।

I appeal to the people living in Darjeeling and nearby areas to remain calm and peaceful. Nobody should resort to violence.

— Rajnath Singh (@rajnathsingh) June 18, 2017

सिंहले शनिबार पनि मुख्यमन्त्री बनर्जीसँग कुराकानी गरेको र दार्जिलिङमा शान्ति स्थापना गर्न यथासम्भव कदम चाल्न आग्रह गरेका थिए । प्राकृतिक सुन्दरता रहेको दार्जिलिङका विद्यालयमा बङ्गाली भाषालाई अनिवार्य वनाउने निर्णयले विगत केही दिन यता दार्जिलिङबासी व्यापक विरोधमा उत्रिएका हुन् ।

अर्ध–स्वायत्त गोर्खाल्याण्ड प्रदेश प्रशासनमा पकड रहेको जीजेएमले गोर्खाल्याण्डलाई छुट्टै राज्य बनाउन माग गर्दै विरोधको नेतृत्व लिइरहेको छ । आइतबार हजारौं दार्जिलिङबासीले प्रहरी भीडन्तमा मारिएका जीजेएमका कार्यकर्ताको मृत शरीर लिएर स्थानीय चोक तथा बजारमा उत्रिएपछि प्राकृतिक सुन्दरताले सिँगारिएको उक्त शहर थप तनावग्रस्त बनेको बताइएको छ ।

शनिबार प्रहरी र जीजेएमका कार्यकर्तावीच व्यापक क्षेत्रमा झडपका घटना भएपछि सम्भावित दुर्घटनाबाट जोगाउन ठूलो सङ्ख्यामा तैनाद गरिएको छ ।

जीजेएमले दार्जिलिङको सिङमरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा शनिबार आफ्ना दुई समर्थकलाई प्रहरीले गोली हानी मारेको दावी गरेको छ । प्रहरीले आफ्नो तर्फबाट गोली चलेको भन्ने भनाईको खण्डन गरेको छ र भनेको छ झडपका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments