काठमाडौं । ‘रियल लाइफ’मा श्रीमान्को अनुभूति गर्न नपाएकी तर ‘रिल लाइफ’मा धेरै श्रीमान् बनाइसकेकी गायिका कोमल वलीले ‘रियल लाइफ’मै श्रीमान भएकी आफ्नै बहिनीसँग टक्कर गरेकी छिन् ।

बहिनीले आफ्ना ‘रियल लाइफ’का प्याराले हेरे मात्र नाच्ने भनिरहँदा उनी पनि के कम ? उनी पनि म त नाच्दिनँ क्यारे मेरो प्यारा मायाले नहेरे भन्दै ‘रिलका प्यारा’लाई घुर्की देखाउँछिन् ।

यो टक्कर र घुर्की उनीहरु दुवैले सँगै गाएको ‘मत नाच्दिनँ क्यारे..’ बोलको गीतको म्युजिक भिडियोमा हो ।  कोमल वली र उनकी बहिनी प्रज्ञाले गाएको तीज विशेष गीत ‘म त नाच्दिनँ क्यारे…’ मा दिदीबहिनी सँगै नाचेका पनि छन् ।

गीतमा कोमलकी बहिनी प्रज्ञाले आफ्नै प्यारा श्रीमान शरद चौलागाइँ जोडी बनाएकी छिन भने कोमलले भने बनावटी श्रीमान सुनील कटुवाललाई जोडी बनाएकी छिन् ।

गीतमै किन नहोस् आफ्नी बहिनी प्यारासँग देख्दा कोमल वलीको मन त पक्कै कुँडियो होला ! आफ्ना पनि साँच्चैको प्यारा भइदिए हुन्थ्यो भन्ने लाग्दैन भन्दा उनी भन्छिन्, ‘लाग्दैन यतिका वर्ष त यसै बिताइयो, अब किन त्यस्तो लाग्नु र ?’ एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको गीतमा दिदीबहिनीले झण्डै ३० वर्षपछि सँगै स्वर दिने मौका पाएका हुन् ।

कोमल वली भन्छिन्, ‘गीतको शब्द, लय र छायांकन सबै राम्रो छ । त्यसमा पनि हामी दिदीबहिनीले गाएका छौँ । बजारमा निक्कै राम्रो प्रतिक्रिया छ ।’ युटुबमा राखेको केही समयमै गीत गाउँन देश विदेशबाट निम्ता आउन थालिसकेको कोमल बताउँछिन् ।

Comments

comments