काठमाडौं । गायक एवं संगीतकार हिमाल सागर पुनः नयाँ गीतको म्यूजिक भिडियो लिएर दर्शक श्रोता माझ आएका छन् । उनको चुलबुले चञ्चले …’ बोलको नयाँ म्युजिक भिडियोले दर्शक श्रोताको मन जित्दैछ ।

नयाँ भिडियोमा पनि गायक हिमाल सागर आफैंले अभिनय गरेका छन् । उनलाई केही समयअघि प्रदर्शन भएको दर्पण छायाँ २ की अभिनेत्री श्रद्धा प्रसाईंले अनस्क्रिन साथ दिएकी छिन् । भिडियोमा हिमाल र श्रद्धाको आकर्षक नृत्य तथा अभिनय हेर्न पाइन्छ । रोहन पौडेलको शब्द तथा गायक हिमाल सागरकै संगीत निर्देशन रहेको गीतलाई सञ्जय हमालले संगीत संयोजन गरेका हुन् ।

अर्जुन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोलाई हरि हुमागाईँले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । सुरेन्द्र बसेलले नृत्य निर्देशन गरेका छन् । पछिल्लो समय मोडलिङबाट चर्चा बटुल्न थालेका हिमाल सागरले मोडलको खर्च जोगाउन मात्र आफू मोडलिङमा नलागेको दाबी गरे । उनले आफ्नो अभिनय अरु कलाकारको भन्दा कम नरहेको समेत बताए । गायक गायिका आफै भर्सटाईल हुनुपर्ने अहिलेको समयको माग भएको कुरा दर्शाउदै गायक हिमालले आफूलाई मोडलिङ तथा चलचित्रको अभिनयको लागि समेत अफर आएको खुलासा गरे ।

हाल कन्सर्टका लागि अमेरिका पुगेका गायक हिमाल सागरले हिमालयन कङ्गारुसँगको कुराकानीका क्रममा पछिल्लो समय स्टेजको माग अनुरुप गीत गाउनुपर्ने कलाकारको बाध्यता रहेको बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments