संविधानसभा अन्तरगतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले  संविधानको नाम, संविधानका अपरिवर्तनीय धारा र संविधान संशोधनको प्रक्रियामा सहमति जुटाएको छ  । संविधानको नामका विषयमा दलहरुले फरक–फरक धारणा राख्दै आएकोमा समितिले आगामी संविधानको नाम “नेपालको संविधान” राख्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले नेपालको राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखण्डता र नेपालको सार्वभौम सत्ता नेपाली जनतामा निहीत रहने विषयलाई मात्र संविधानको अपरिवर्तनीय अंश बनाएको छ । यो सहमतिसँगै कुन–कुन विषयलाई संविधानको अपरिवर्तनीय र परिवर्तनीय धारा बनाउने भन्ने बहस टुंगिएको छ ।समितिले विधिको शासन, आवधिक निर्वाचन प्रणाली, प्रेस स्वतन्त्रता, मौलिक अधिकार, बहुलवाद जस्ता महत्वपूर्ण विषयलाई संविधानको प्रस्तावनामा उल्लेख गर्ने सहमति गरेको छ ।

संविधानको प्रस्तावनामा उल्लेखित विषयलाई संशोधन गर्नुपरे संसद्को दुई तिहाई बहुमतले पारित गरी जनमत संग्रहबाट अनुमोदन गराउने गरी बैठकले सहमति गरेको समितिका सदस्य अर्नुननरसिंह केसीले जानकारी दिएका हुन्

Comments

comments