मेलबर्न । अभिनेत्री तथा निर्मात्री ऋचा शर्माको नयाँ चलचित्र आधा लभ अष्ट्रेलियाको मेलबर्नमा प्रदर्शन हुने भएको छ ।

आगामी जुलाई ३ मा हुने आधा लभको मेलबर्न प्रिमियरमा सहभागी हुन स्वयम् नायिका ऋचा शर्मा र निर्देशक अर्पण थापा पनि मेलबर्न आउनेछिन् । उनले आफ्ना चलचित्र आधा लभबारे यहाँका दर्शकहरुको जिज्ञासा मेटाउने छिन् । चलचित्रको प्रदर्शनी Level 1, Midcity Centre, 200 Bourke Street, Melbourne, Victoria को  चाइना टाउन सिनेमा हलमा हुनेछ । ऋचा शर्मा फिल्मसको ब्यानरमा निर्माण भएको आधा लभलाई अर्पण थापाले निर्देशन गरेका हुन् । आधा लभमा अर्पण र ऋचा आफैं मूख्य भूमिकामा छन् । उनीहरुको अलावा चलचित्रमा टीका पहाडी,मिथिला शर्मा,रेमनदास श्रेष्ठ र रोजिशा शाहीको पनि अभिनय रहेको छ ।

जुलाई ३ सोमवार नै राति ८ बजे चलचित्रका निर्देशक अर्पण र नायिका ऋचा शर्माको सम्मानमा मिट एण्ड ग्रीट कार्यक्रम राखिएको आयोजक सोलाङ्चरले जनाएको छ । मिट एण्ड ग्रीट कार्यक्रम 174 Queen St, Melbourne VIC 3000 स्थित Nirankan Restaurant मा हुनेछ ।

Comments

comments