मेलबर्न । अष्ट्रेलियामा २ लाख ६० हजार अवैध बन्दुक रहेका छन् । बढ्दै गईरहेको हिंसात्मक घटनाले सुरक्षा चुनौती निम्ताएको भन्दै अष्ट्रेलिया सरकारले आफूसंग भएको अवैध बन्दुक बुझाउन सबै अष्ट्रेलियावासी संग अनुरोध गरेको छ ।

सरकारले बन्दुक बुझाउँदा कुनै पनि खालको सोधखोज, सजाय नगरिने बताएको छ । यो सुविधा जुलाई १ देखि तीन महिना सम्मको अवधिको लागि हुनेछ । त्यो दिईएको म्याद कटिसकेपछि बन्दुक भेटिएको खण्डमा २८०,००० अष्ट्रेलियन डलर वा १४ वर्ष सम्मको जेलसजाय हुनेछ ।

न्याय मन्त्रि माइकल कीननले अवैध हतियार राखेकाहरुको लागि हतियार बुझाउने यो राम्रो अवसर भएको बताएका छन् । साथै उनले अपराधिक क्रियाकलापमा अवैध हतियारहरु प्रयोग हुँदै आइरहेको हुँदा यसले अष्ट्रेलियाको सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments