सार्वजनिक भएको २ साता पुग्ने लाग्दा पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालको आत्मकथा  २५ हजार प्रति बिक्रि भएको छ  । नेपालयको प्रकाशनमा पहिलो पटक यति धेरै छोटो समयमा पुस्तक बिक्रि भएको बताइएको छ |  सुरुमा बिक्रीकै आशंकामा १० हजार प्रति  मात्रै छापिएको पुस्तक सार्वजनिक भए लगत्तै पुन थप प्रति छपाउन पठाइएको थियो |

बकवास, वाहियात, झुटै झुट भन्दा भन्दै सार्वजनिक रुपमा टिका टिप्पणी भएको रुक्माङ्गद जीवनीलाई  संविधानविद् निलाम्बर आचार्यले ट्वीट गर्दै  ‘उथलपुथलकारी समय र एक निष्ठावान सेनापतिको सार्वजनिक खुलासा। एक असामान्य पुस्तक– रुकमाङ्गद कटवाल, आत्मकथा।’ भनेका छन् |

 पुस्तक वितरणको जिम्मेवारी एजुकेसन बुक हाउस का अनुसार  आत्मकथाको अत्यधिक माँग थेग्न गाह्रो परेको छ | इन्टरनेट मार्फत मुन्चा हाउसले य्स्क बिक्रि गरिरहेको छ |  हाउसका अनुसार कुनै पनि पुस्तकमा पाठकहरुले देखाएको यस्तो रुचि यो अभूतपूर्व हो।मुन्चा हाउसका प्रमुख अमृतमान तुलाधर भन्छन्, ‘इन्टरनेटबाटै व्यापार गर्ने हाम्रो व्यावसायको १५ वर्षे इतिहासमा यति धेरै पुस्तकको माग भएको यो पहिलो पटक हो।’ पुस्तकको माग राजधानी मात्र नभई मुलुकभर उत्तिकै देखिन्छ।

Comments

comments