एजेन्सी। रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो माथि लाखौं युरो बराबरको कर छलीको आरोप लागेको छ । उनले यो आरोपलाई अस्विकार गर्दै आएका छन् । संचारमाध्यममा छाएको पछिल्लो खबर अनुसार उक्त आरोपले निराश बनेका रोनाल्डोले क्लब छोड्न चाहेको कुरा आफ्ना नजिकका मानिसहरुसंग बताउन थालेका छन् ।

संचारमाध्यमहरुमा अहिले आएको खबर अनुसार उनि क्लब छोड्न चाहन्छन् र स्पेनबाट समेत टाढा जान चाहन्छन्। क्लबले भने रोनाल्डोले यसबारेमा क्लबमा केही नबताएको उल्लेख गरेको छ ।

विश्लेषकहरुले यो रोनाल्डोको निराश भएको बेलाको प्रतिक्रिया भन्दै उनले क्लब छोड्ने सम्भावना अत्यन्तै न्यून रहेको बताएका छन्। त्यस्तै स्पेनिस पत्रपत्रिकालाई रोनाल्डोका मानिसले उनले क्लब छोड्न चाहेको खबर दिएर ध्यान अन्यत्रै केन्द्रित गर्न खोजेको हुन सक्ने पनि अनुमान गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments