काठमाडौं । सरकारले जातीय विभेद र छुवाछुत विरुद्धका कसुरमा जरिवाना बढाउन प्रस्ताव गर्दै ऐन संशोधन विधेयक व्यवस्थापिका संसद सचिवालयमा दर्ता गरेकोल छ ।

संसदमा दर्ता भएको विधेयक अनुसार कसुरमा कैदको व्यवस्थालाई भने यथावत् राखिएको छ । नेपालको संविधानको धारा २४ को व्यवस्था अनुकूल संशोधनका लागि भन्दै सरकारले संशोधन विधेयक दर्ता गरेको हो ।

विधेयकले कसुर पीडितलाई भराउने क्षतिपूर्तिको रकम पनि बढाउने प्रस्ताव गरेको छ । हाल क्षतिपूर्तिको रकम कम्तीमा २५ हाजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments