नयाँदिल्ली । भारत-पाकिस्तानबीच ४ जुनमा भएको च्याम्पियन्स ट्रफीमा भएको भिडन्तलार्इ टेलिभिजनबाट करिब २० करोड दर्शकले हेरेका छन् ।

टिभीमा दर्शकको निगरानी गरिरहेको एजेन्सी बीएआरसीको इतिहासमा यो अहिलेसम्मको सबैभन्दा धेरै दर्शकले हेरेको क्रिकेट म्याच हो । एजेन्सीले भारत-पाकको बीच १८ जुनमा हुने फाइनलमा यो रेकर्ड पनि तोडिने अनुमान गरेको छ ।

बीएआरसीका अनुसार २० करोड दर्शकसँगै भारत-पाक खेलको टीभीमा औसत दर्शकको संख्या ४.७ करोड रहेको थियो । डेढ महिनासम्म चलेको इन्डियन प्रिमियर लीग (आईपीएल)- २०१७ का ६० खेलमा करिब ४१.१ करोड मानिसले क्रिकेट हेरेका थिए ।

यसको मतलब आईपीएलका सबै ६० खेलका आधा दर्शक एक्लै भारत-पाक म्याचले नै जुटाएको थियो ।  स्टारकमका नेशनल सीओओ बासब दत्ता चौधरीका अनुसार भारत-पाकबीच हुने खेलका दर्शक अन्य खेलमा भन्दा तेब्बर भन्दा धेरै हुने गरेका छन् ।

उनले च्याम्पियन्स ट्रफीको फाइनल खेलका लागि हाई रेटिङको अपेक्षा गरेको बताए । यदि दर्शकको संख्यामा कमी भएमा त्यो चकित पार्ने विषय बन्ने उनको तर्क छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments