एजेन्सी। एकजना १२ वर्षीया बालिकाले  आफ्नो भाइलार्इ जन्मिनका लागि सहयोग गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यी बालिकाको नाम जेसी ढेल्लापेना हो । जब उनकी आमालार्इ प्रसुती व्यथाले च्याप्यो तब उनी पनि मिसिसिप्पीको अस्पतालकाा डाक्टरसँग आफ्नी आमालार्इ सघाउन पुगिन् ।

निक्की स्मिथले यो घटनाबारेको तस्बिर आफ्नो फेसबुक पेजमा सेयर गरेकी छन् । यो फोटो पछिल्लो ५ दिनमा करिब ३ लाख पटक शेयर भइसकेको छ ।

फोटोमा यी बालिकाले चिकित्सकले लाउने पोशाक नै लगाएकी छन् भने उनको हातमा ग्लोव्स पनि देख्न सकिन्छ । चिकित्सकको पोशाक र ग्लोब्स लगाएकी उनले डाक्टरसँग मिलेर आमालार्इ सुत्केरी हुन सघाइन् ।

यस क्रममा यी बालिकाको अनुहार भावुक देखिएको थियो । अन्त्यमा उनले  आफ्नी  आमालाको काखमा भाइलार्इ थमाउन सफल भइन् । धेरै मानिसहरूले उनलार्इ सुपरस्टारको संज्ञा पनि दिएका छन्।

यी बालिकाले गरेको यो कामको समाचार अहिले अन्तरराष्ट्रिय सञ्चारमाध्यममा पनि चर्चाको विषय बनेको छ । मानिसहरूले उनलार्इ सामाजिक सञ्जालमा धेरै बहादुर बालिकाको संज्ञा पनि दिएका छन् ।

केही मानिसहरूले यस्तो काम गरेपछि यी बालिका र उनका भाइबीच खास सम्बन्ध बन्न पुगेको उल्लेख गरेका छन् । केहीले भने यस कामलार्इ अविश्वसनीय भनेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments