मस्को। रुसको रक्षा मन्त्रालयले इराक र सिरियामा आतंक मच्चाइरहेको मुस्लिम लडाकु समूह  इस्लामिक स्टेट (आईएसआईएस) का प्रमुख कमाण्डर मारिएको दाबी गरेको छ।

रुसको रक्षा मन्त्रालयले आफूहरूका सेनाले गरेको हवार्इ हमलामा आर्इएसआर्इएसका प्रमुख  अबु बक्र अल बगदादीको मृत्यु भएको दाबी गरेको छ ।

रसियाले अल बगदादी मारिएको बारेमा आफूहरूले जाँच गरिरहेको जनाउँदै यसको पुष्टि गरिने उल्लेख गरेको छ ।

रूसले इस्लामिक स्टेटको गढ रक्कामा बगदादीलार्इ निशाना बनाएर हवाई हमला गरेको थियो । मन्त्रालयका अनुसार २९ मे मा भएको एक हवाई हमलाका क्रममा बगदादीको मृत्यु भएको हुन सक्ने उल्लेख गरेको छ ।

यसभन्दा अघि पनि बगदादी मारिएको समाचार पटक पटक सार्वजनिक हुने गरेका थिए । तर, समाचार सेलाउन नपाउँदै बगदादी जीवितै भेटिएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments