काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७ सय ३२ छात्र र दुई लाख ७८ हजार ४ सय ५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी भएकामा नियमित तर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना उतिर्ण भएका छन् ।

आंशिकतर्फ १६ हजार ५ सय ७२ जना विद्यर्थी उत्तिर्ण भएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हो ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहाेस् । http://www.neb.gov.np/results/MainResult

यस्तो छ पुरक परीक्षाको समय तालिका

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments