मेलबर्न। गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन आयोगले आगामी निर्वाचनमा उठ्ने उम्मेदवारहरुको लागि शुल्क सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको शुल्क अनुसार अध्यक्ष पदमा उठ्न चाहनेले एक हजार डलर शुल्क तिर्नुपर्नेछ र लिईएको उक्त शुल्क फिर्ता हुने छैन । त्यस्तै आईसीसी सदस्यमा उठ्न चाहनेले पनि अध्यक्ष सरह एक हजार डलर, राज्यसमितिको संयोजक एवं उपाध्यक्ष पदमा उठ्न चाहनेले ७ सय डलर तथा महासचिव, सचिव, कोषाध्यक्ष, युथ कोअर्डिनेटर नारी निकुञ्जको संयोजक लगायतका पदमा उठ्न चाहनेहरुले ६ सय डलर बुझाउनुपर्नेछ भने एनआरएन अष्ट्रेलियाको कार्यसमिति सदस्य पदमा उठ्न चाहनेले ४ सय डलर बुझाउनुपर्नेछ ।

तीन सयभन्दा कम सदस्य रहेको राज्यहरुमा भने कम शुल्क तोकिएको छ । एनआरएन अष्ट्रेलियाको निर्वाचन आगामी जुलाई ८ मा हुँदैछ जसमा १ सय ३० पदको लागि प्रतिस्पर्धा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments