रुपन्देही । स्थानीय तह निर्वाचन मुखैमा स्थानीय प्रशासनले रुपन्देहीका ६ वटा स्थानीय तहलाई अति संवेदनशिल क्षेत्रको सूचिमा राखेको छ ।

मधेशी दलहरुको प्रभाव क्षेत्र मानिने रुपन्देहीका दक्षिणी क्षेत्रका स्थानीय तहलाई अति संवेदनशिल क्षेत्रमा राखेको हो । जसअनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई, मर्चवारी, मायाँदेवी, रोहिणी र समरीमाई गाउंपालिका अति संवेदनशिल क्षेत्रको सूचिमा रहेका छन् ।

१ उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेको रुपन्देहीमा अतिसंवेदनशिलको सूचिमा राखिएका गाउँपालिका सबै दक्षिण क्षेत्रका हुन् ।

जिल्ला सुरक्षा समितीले सैनामैना, देवदह, सिद्धार्थनगर नगरपालिका तथा सियारी, ओमसतिया, कञ्चन र गैंडहवा गाउँपालिकालाई संवेदनशिल क्षेत्रको सूचिमा राखेको जनाएको छ ।

त्यसैगरी बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका र सुद्धोधन गाउँपालिकालाइ भने सामान्यको सूचिमा राखेको छ ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवत्ता प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले सुरक्षा समितिले राखेको संवेदनशिलताको आधारमा सुरक्षा व्यवस्था मिलाइने बताउनुभयो ।

यहि असार १४ गते हुन गईरहेको स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी रुपन्देहीमा २ हजार म्यादी प्रहरी भर्ना गरिएको छ ।

जिल्लाका सबै स्थानीय तहमा निर्वाचन कार्यालय सञ्चालन भएसँगै २४ सै घण्टा प्रहरी परिचालन गरिएको र शुक्रवार उम्मेदवार मनोनयन  सँगै मतदान केन्द्रमा सुरक्षाको प्रबन्ध मिलाईने प्रहरी प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments