मेलबर्न । दैनिक जीवनको थकानलाई बिर्सेर आफूलाई रिफ्रेश गर्न चाहनेहरुको लागि ‘साइलेन्ट डिस्को’ आउने भएको छ । ‘सहि हो’ इभेन्ट्सले अष्ट्रेलियाको मेलबर्नमा साइलेन्ट डिस्को को आयोजना गर्ने भएको हो ।

१८ वर्ष भन्दा माथिकाको लागि मात्र प्रवेश अनुमति हुने कार्यक्रममा जाँदा उमेर खुलाउने परिचय पत्र लिएर जानुपर्नेछ । अगाडी बुकिङ्ग गर्नेहरुको लागि २० डलर र कार्यक्रमकै समयमा टिकट लिनेहरुको लागि २५ डलर प्रवेश शुल्क तोकिएको छ ।

आगामी जुलाई २९ तारिख शनिबारका दिन बेलुका ८ बजेदेखि hush bar, melbourne central मा कार्यक्रम सुरु हुने आयोजकले बताएका छन् । आयोजक सहि हो इभेन्ट्सले यसअघि नेपाली नयाँ वर्षको अवसरमा क्रुज पार्टीको आयोजना गरेर भव्यताका साथ सम्पन्न गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments