धादिङ । जिन्दावाद र मुर्दावादका नारा अनेकन नारा घन्किने गरेको सदरमुकाम घादिङवेसीमा बुधबार भने अनौठो दृश्य देखियो ।

दृश्य देख्नेहरुहरुे सुरुमा त भउ नै पाएनन्, के को नारावाजी भईरहको छ भनेर ।

टन्टलापुर घाममा भईरहेको चर्को नारावाजी सुनेर सदरमुकामवासी अनौठो मान्दै हेरिरहे ।

आन्दोलनकारी भने हात हातमा च्यातिएको मकैको बोट, खोया र घोगा लिएर उफ्रि उफ्रि नारावाजी गर्दै थिए ।

अखिर रहेछ बाँदर विरुद्धको आन्दोलन ।

वाँदरपिडित किसानहरुले बाँदरविरुद्धको आन्दोलन गरेका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments