चीनमा एक चिडियाखानामा राखिएको पाण्डाले आफू गर्भवती भएको नाटक गरेर मानिसहरुलाई झुक्याएको छ । आफुलाई मानिसहरुले स्याहार गरुन् र अन्य खानाको साटो फलफूल बढि दिउन् भनेर पाण्डाले यस्तो नाटक गरेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

चिनियाँ समाचार संस्था सिन्हुवाका अनुसार चीनको चेन्दगू शहरमा रहेको चिडिया खानामा यस्तो घटना भएको हो । पाण्डा प्रजनन शोध केन्द्रका अधिकारीहरुलाई उद्धृत गर्दै सिन्हवाले हिन नामक उक्त पाण्डाले भोक नलागेको बहाना गरेर शरीरको आकार बदलेको नाटक समेत गरेको जनाएको छ ।

छ वर्षको यो पोँथी पाण्डाले नाटक गरेको कुरालाई विश्वास गरेर उसलाई अर्को छुट्टै कोठामा राखिदिए । २४ सै घण्टा वातालुकुनित कोठामा राखेर स्याहार गरेका अधिकारीहरुले पाण्डाले बच्चा जन्माएको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेका थिए ।

तर केही दिन पछि उक्त पाण्डाले सामान्य ब्यवहार गर्न थालेपछि अधिकारीहरु हिस्स परेका थिए । पाण्डाको गर्भ रहे नरहेको विषयमा शुरुमा कुनै बैज्ञानिक परीक्षण हुन नसक्ने र अनुमानका आधारमा मात्र यस्तो कुरा भन्न सकिने भएकाले पाण्डाले झुक्याएको बैज्ञानिकहरुले बताएका छन् ।

Comments