महेन्द्रनगर । कञ्चनपुरको  भिमदत्त नगरपालिकामा नेपाली कांग्रेसले मन्दिरमा पूजा गरेर औपचारिक रुपले चुनावी प्रचार अभियान सुरु गरेको छ ।

भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेदवार पदम बोगटीले भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित ऐतिहासिक सिद्धनाथ मन्दिरमा पूजा गरेर औपचारिक रुपमा चुनावी प्रचार अभियान सुरु गर्नुभएको हो ।
कांग्रेसले सोमबार साँझ लामो कसरतपछि मात्रै कञ्चनपुरका नौं वटै स्थानीय तहमा उम्मेदवारहरुको औपचारिक टुंगो लगाएको हो ।

मंगलबार बिहान मेयर पदका उम्मेद्वार बोगटीले सिद्धनाथ मन्दिरमा पुजाआजा गरेर वडा नम्बर ९ मा पर्ने विकट वस्तीहरु खल्ला, टुँडीखेल र मसेट्टीमा घर दैलो गनुभएको छ  ।  कांग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा उपमेयर पदकी उम्मेद्वार सुशीला चन्द सिंह, वडा अध्यक्षका उम्मेद्वार बीरभद्र नाथसहित कांग्रेसक सयौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments