बीबीसी । वेस्ट लण्डनको ल्याटिमेर रोडस्थित ग्रेनफेल टावरमा भीषण आगलागी भएको छ । २४ तला १ सय २० फ्ल्याट रहेको भवनको माथिल्लो तलाबाट आगो लागेको र भवनभित्र थुप्रै मानिसहरु थुनिएको अधिकारीहरुले बताएका छन् । ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी सुुरु भएको बीबीसीले जनाएको छ ।

अधिकारीहरुका अनुसार झण्डै २०० सय अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । महानगरीय प्रहरीले केहीलाई सुरक्षित उद्धार गरिएकोे र ‘विभिन्न प्रकारका चोटपटक’ लागेकाहरुको उपचार भइरहेको बताएको छ । अधिकारीहरुका अनुसार पूरै भवन जलिरहेको छ र भवन लड्न सक्ने देखिएको छ  । भवनको एउटा हिस्सा पूर्ण रुपमा जलेको बीबीसीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments