काठमाडौं । कुनै समय बारम्बर दोहोरिरहने रिल जोडी हुन् दयाहाङ राई र प्रियंका कार्की । दयाहङ अभिनित प्राय सबै चलचित्रमा नायिका प्रियंका नै हुन थालेपछि धेरैले उनीहरुको रिलेशनबारे अनेक अड्कालबाजीसम्म गरे ।

आफूहरुबीच रिलेशनसीप रहेको हल्ला सम्म चलेको स्वयम् नायिका प्रियंकाले बेलाबखत भन्दै आएकी थिइन् । तर एकाएक दुई कलाकारबीच फाटो आएर हो या अरु नै कारणले हो,पछिल्लो चलचित्रहरुमा भने दयाहङ र प्रियंकाको जोडी दुर्लभ बन्दै गएको छ । दयाहङ अरु नै नायिकाहरुसँग फिल्मी रोमान्समा व्यस्त छन् भने उता प्रियंका कार्की रियल ब्वाइफ्रेन्ड आयुष्मान जोशीसँग । पूरानो डुङ्गापछि दयाहङ र प्रियंकाको जोडीले एकसाथ अभिनय गरेको चलचित्र लालटिन गत शुक्रवारदेखि प्रदर्शन भैरहेको छ ।

केही समय अघि नै निर्माण भएको लालटिन चलचित्रको प्रेस शोमा दयाहङ उपस्थित थिए तर प्रियंका कार्की भने अनुपस्थित । अर्को चलचित्रको शुटिङमा व्यस्त भएर प्रियंका उपस्थित हुन नसकेको प्रष्टिकरण दिइएपनि धेरैले यसलाई अर्थपूर्ण रुपमा हेरेका छन् । कतै दयाहङ भएकै कारण लालटिनको प्रोमोशनमा प्रियंका उदासीन देखिएकी त होइनन् ? भन्नेसम्मका आशंका गरिन थालेको छ ।

यता लामो समयपछि दयाहङ र प्रियंकाले सँगै काम गरेको लालटिन चलचित्र पनि डुबेपछि अब आगामी दिनमा यी जोडी दोहोरिन मुस्किल पर्ने अनुमान गर्न थालिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments