मेलबर्न । अष्ट्रेलियामा एक लाख भन्दा बढी मानिस घरबारविहीन रहेको तथ्य बाहिर आएको छ । सामजिक अनुसन्धानकर्ता डा. क्याथरिन रबिन्सनले यस्तो तथ्य सार्वजनिक गरेकी हुन् ।

घरवारविहीन अष्ट्रेलियावासीका अनुसार अष्ट्रेलियाका सहरहरुमा घर किन्नको लागि घररजमिनको उपलब्धता धेरै न्यून छ । घर किन्न पाएपनि अचाक्ली महँगो भएको कारण आफूहरुको आम्दानीले धान्न नसक्ने उनीहरुको गुनासो छ ।

परिवार सहितका अष्ट्रेलियनहरुलाई शहरदेखि बाहिर अथवा गाउँ क्षेत्रमा गएर बस्नको लागि छोरा छोरीको स्कुल तथा आफ्नो काम सहरमा हुने हुँदा असम्भव जस्तै हुन्छ । शहरमा भाडामा बस्नकोलागि छोरा छोरी सहितको परिवारलाई फ्ल्याट भाडामा दिने एकदमै कम हुन्छन् । यसले गर्दा भाडामा घर पाउन पनि मुस्किल पर्ने गरेको उनीहरुको गुनासो छ ।

त्यस्तै अष्ट्रेलियाको बढ्दो महंगीले जीवनशैलीमै प्रभाव परिरहेको उनीहरु बताउँछन् ।

यसै अवस्थालाई लिएर फिल्थी रिच एण्ड होम्लेसनेस भन्ने डकुमेन्ट्री समेत बनेको छ । जसमा घरवारबिहीन अष्ट्रेलियनहरुको अवस्था र त्यसको कारणलाई बाहिर ल्याउने प्रयास गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments