काठमाडौं । एएएफसी एसियन छनोट कप फुटबल अन्र्तगत दोस्रो खेलमा नेपाल मंगलबार यमनसँग एपिएफको रंगशालामा खेल्यो । घरेलु मैदान र दर्शकको साथ पाएको नेपाली टोलिले सम्झन लायक खेल पस्कन सफल भयो । नेपालले सुरुवातमा नै घरेलु मैदानको फाइदा उठाउँदै गोल गर्ने मौका सिर्जना गर्दै थियो । खेलको ५ औ मिनेटमा यमनले नेपाली पोष्टमा प्रहार गर्यो । तर प्रहार बल हावाबाटै बाहिरियो ।

यस्तै खेलको ८ औ ंमिनेटमा नेपालले पहिलो प्रयास ग¥यो । तर बलले जाली चुम्न सकेन । निरन्तर दवावमा राख्दै खेलमा लय समातेको नेपालले खेलको २५ औं मिनेटमा पहिलो कर्नर पायो । पहिलो कर्नरमा भरत खवासले मौकालाई सदुपयोग गर्न सकेनन् । बल सेकेन्ड बार बाट बाहिरियो । त्यस्तै २५ यार्डबाट अन्जन विष्टलाई लडाएपछि पाएको फ्रिकिकलाई नेपालले सदुपयोग गर्न सकेन् । पहिलो हाफको अन्तिम तिर निरन्तरको काउन्टरमा रहेको नेपालले दोस्रो कर्नर किकलाई पनि सदुपयोग गर्न असक्षम नै भयो । र पहिलो हाफ विना गोल सकियो । नयाँ रणनितिका साथ दोस्रो हाफमा मैदान उत्रिएको नेपाली टोलिले दोस्रो हाफको पहिलो मिनेटमा नै तेस्रो कर्नर किक पायो । डिफेन्डर अनन्त तामाङले गरेको हेडिङ बलले गोलको दिशा लिन नसक्दा सुन्दर मौका नेपालका लागि गुम्यो ।

यस्तै निरन्तरको काउन्टरमा रहेको नेपालले खेलको ५७ औं मिनेटमा अर्को अवसर खेर फाल्यो । जहाँ वन टु वन को स्थितीलाई स्ट्राइकर नवयुग श्रेष्ठले सदुपयोग गर्न सकेनन् । उता,रोहित चन्दका केही बल पनि यमनका गोल रक्षकले उत्कृष्ट बचाउ गरे । समग्रमा फ्रिकिक र कर्ननरका धेरै मौका पाएको नेपालले सदुपयोग गर्न नसक्दा घरेलु मैदानमा नेपालले यमनसँग गोलरहित बराबरीमा रोकियो । बराबरीपछि समूह ‘एफ’ मा रहेको नेपाल र यमनले अंक बाँडेका छन् ।

एसियन कप छनौटमा समूह ‘एफ’ मा रहेको नेपालको यो दोस्रो खेल हो । यसअघि गएको मार्च २८ मा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । समूह ‘एफ’ मा नेपाल र यमनसँगै फिलिपिन्स र ताजकिस्तान छन् । पहिलो खेलमा ताजकिस्तानलाई २–१ ले हराएको यमन मंगलबारको खेलमा नेपालसँग बराबरी गरेपछि दुई खेलबाट चार अंक जोड्न सफल भएको छ ।

नेपालको भने दुई खेलबाट एक अंक मात्रै भएको छ । यस्तै नेपालले सेप्टेम्बर ५ तारिखमा ताजाकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । सन् २०१९ को जनवरी ५ देखि फेब्रुअरी १ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी एसियन कपमा २४ टिमको सहभागिता रहने छ । अहिलेसम्म प्रतियोगिताका लागि १२ टिम यसअघि नै छनौट भएका छन् । नेपालसहित २४ देश प्रतियोगिताका लागि छनौट हुने थप १२ टिममा पर्नका लागि अहिले प्रतिस्पर्धामा छन् ।

छनोट चरणमा समूहको शीर्ष दुई स्थानमा रहने टिम एएफसी एसियन कपका लागि छनौट हुनेछन् । अहिलेसम्म युएई, कतार, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, साउदी अरेबिया, अस्ट्रेलिया, उज्वेकिस्तान, इरान, सिरिया, इराक र चीन प्रतियोगिताका लागि छनौट भएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments