एजेन्सी । गतवर्ष भारतमा सबैभन्दा बढी कमाउने सेलीब्रेटीको सूचीमा अभिनेता शाहरुख खान अगाडि देखिएका छन् ।

फोब्र्स म्यागजिनले सार्वजनिक गरेको संसारभर सबैभन्दा बढी कमाउने धनी सेलीब्रेटीको सूचीमा भारतीय अभिनेताहरु शाहरुख खान, सलमान खान र अक्षयकुमारको नाम पनि समावेश छ ।

६५ नम्बर सूचीमा परेका शाहरुखले सन् २०१६ मा २ सय ४४ करोड भारु कमाएका छन्  ।

सलमान खान २ सय ३८ करोड भारु सहित सूचीको ७१ नम्बरमा परेका छन् भने अक्षयकुमार २ सय २८ करोड भारु सहित ८० नम्बरमा परेका हुन् ।

संसारभर सबैभन्दा बढी कमाउने सेलीब्रेटीमा चर्चित र्यापर एवम् संगीतकार शान काम्ज रहेका छन् । ४७ वर्षीय काम्जले सन् २०१६ मा ८ सय ३६ करोड भारु कमाएका छन् ।

सबैभन्दा बढी कमाउने शीर्ष १०  सेलिब्रिटीको सूची यस्तो छः

१. सिन कम्ब्स, १ सय ३० मिलियन डलर

२. बियोन्से नोल्स, १ सय ५ मिलियन डलर

३. जे.के रोलिङ, ९६ मिलियन डलर

४. ड्रेक, ९४ मिलियन डलर

५. क्रिष्टियानो रोनाल्डो, ९३ मिलियन डलर

६. द विकन्ड, ९२ मिलियन डलर

७. होवार्ड स्टर्न, ९० मिलियन डलर

८. कोल्डप्ले, ८८ मिलियन डलर

९. जेम्स प्याटरसन, ८७ मिलियन डलर

१०. लिब्रोन जेम्स, ८६ मिलियन डलर

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments