मेलबर्न । नयाँ विद्यार्थी वा कामदारहरुले कामको सुरुवात गर्दा त्यहाँको वातावरण संग अनभिज्ञ हुन्छन् । अष्ट्रेलियामा काम गर्न चाहने विद्यार्थीहरुले त्यहाँको कामको वातावरण र शैलीको बारेमा केही बुझ्दा काम गर्न सहज हुन्छ । यहाँ अष्ट्रेलियनहरुको काम गर्ने शैली र उनीहरुको कार्यालयमा हुने वातावरणको बारेमा चर्चा गरिएको छ।

– अष्ट्रेलियाको कार्यालयको मिटिंग समयमा सिधै औपचारिकतामा नगएर शिर्षक संग सम्बन्धित अनौपचारिक कुराहरु गर्नलाई सामान्य मानिन्छ ।

– यहाँ कामको जिम्मेवारीलाई महत्व दिईन्छ। यदि तपाईंले आफूलाई कामको भार धेरै भएको जस्ता कुराहरु गर्न थाल्नुभो भने उनीहरुले  तपाईंलाई कामको लायक नभएको सम्झिन्छन् ।

– व्यक्तिगत कारण देखाएर यहाँ कामबाट पन्छिने सम्भावना हुँदैन ।

– यहाँ प्रत्येक तहको कामलाई उत्तिकै सम्मानका साथ हेरिन्छ ।

–  बोली मात्र नभएर शारीरिक हाउभाउलाई समेत महत्व दिईन्छ ।

– सप्तान्ह अथवा गुड फ्राइडे मात्र नभएर ईच्छा लागेको कुनै पनि दिन कार्यालयको समयपछि उनीहरुले जमघट गरेर रमाईलो गर्छन् ।

– कार्यालयमा संगै काम गरिरहेकाहरुको सम्बन्ध रहनुलाई उनीहरुले सामान्य रुपमा लिन्छन् । त्यसले कार्यालयमा अनुशासनहीनता वा चर्चाको विषय हुन पाउँदैन ।

– रक्सी पिउनु यहाँको संस्कृति हो । त्यसैले कार्यालयमा काम गर्ने कसैले रक्सी पिउँछ भन्ने जानकारी वा कार्यालय समय पछि संगै काम गर्ने साथीहरुसंग गरिने पार्टीमा रक्सी पिउनुलाई यहाँ सामान्य रुपमा लिईन्छ ।

– अष्ट्रेलियनहरु साथी बनाउने खालका हुन्छन् । उनीहरुसंग काम गर्न सहज हुन्छ ।

– तोकिएको नियमको कुरामा भने यहाँ एकदमै कडाई हुन्छ । त्यसैले कार्यालय होस् या त बार होस् त्यहाँको नियम बुझेर सोही अनुसार पालना गर्नुपर्छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments