बझाङ । २०५४ को स्थानीय निकाय निर्वाचनमा तत्कालीन कैलाश गाविस–५का ३५ दलित परिवारले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गाविस अध्यक्ष पदका उम्मेदवारलाई भोट हाले । उनी विजयी पनि भए । निर्णायक मनिएको वडाका दलित समुदायले आफ्नो दललाई भोट नदिएकोमा नेपाली काँग्रेस र नेकपा एमाले समर्थक गैरदलित क्रुद्ध भए ।

दलितहरुलाई सामाजिक बहिष्कार गरियो । वडाका करिब १२० परिवार गैरदलितले दलितलाई दिइँदै आएको खलो (काम गरेबापत अन्न पाइने प्रथा) नदिने भए । यसैका भरमा गुजारा चलाइरहेका दलितको जिविका संकटमा पर्यो । दलित समुदायबाट राप्रपालाई मत दिने निर्णयको अगुवाइ गरेका तत्कालिन गाविस उपाध्यक्ष शिवु कामीले ती दिन सम्झँदै भने, ‘त्यसरी भोट दिएकोमा हामी निकै पछुताउनुपर्यो । गाउँमा आरामले हिँड्न सक्ने अवस्था रहेन । जहाँ भेट्यो त्यहीँ हातपात र गालीगलौज गर्ने काम भयो ।  हामी निकै आत्तियौँ ।’

गैरदलितले खलो नदिएपछि भोकभोकै पर्ने अवस्था रहेकाले दलितहरुसँग ‘गल्ती स्वीकारेर माफी माग्नु’ को विकल्प रहेन । उनीहरुले गाउँका काँग्रेस र एमाले समर्थक गैरदलितसँग माफी मागे । शिवु भन्छन्, ‘हामी तपाईहरुकै भर।कमा बाँचेका मान्छे हौँ । माफ गर्नुस् भनेर खसी र नगद जरीवाना लिएर गयौँ ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments